सुनको मूल्य तोलाको दुई लाख पुग्न थाल्यो, आज प्रतितोला ६९०० रुपैयाँ बढ्यो

२०८२ वैशाख ९ गते मंगलबार ।
बैंकको खबर । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । आज (वैशाख ९ गते मंगलबार) सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ । हिजो सोमबार सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेर १ हजार ९७० रूपैयाँमा कारोबार भइरहेको छ।