सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

२०८२ वैशाख ८ गते सोमबार ।
अर्थतन्त्र । नेपाली बजारमा सोमबार सुनको भाउले अर्को नयाँ रेकर्ड मूल्य कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
सुन हिजो आइतबारको तुलनामा आज १ हजार २०० रुपैयाँ बढेको हो । हिजो सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य भने केही दिनयता स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।