अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड स्टर्लिङ बढ्यो

२०८२ वैशाख ८ गते सोमबार ।
बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यस्तै युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा तोकेको छ । हिजो आइतबार पनि यही भाउमा कारोबार भएको थियो ।
राष्ट्र बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा तोकेको छ । हिजो आइतबार युरो एकको खरिददर १५५ रुपैयाँ तीन पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा थियो ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ तीन पैसा तोकिएको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।
राष्ट्र बैंकले आजका लागि स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रूपैयाँ ४१ पैसा तोकेको छ ।
यसैगरी, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकिएको छ ।
All banking information at your fingertips.