गरिमा विकास बैंकको नाफा बढ्यो, ईपीएस कति ?

२०८२ वैशाख ७ गते आइतबार ।
बैंकको खबर । गरिमा विकास बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले तेस्रो त्रैमाससम्म ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन एक वर्ष अघिको तुलनामा ७.३२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ६८ करोड ३४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
२०८१ चैत मसान्तसम्म बैंकले ८५ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ५ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।
यस अवधिमा बैंकको ब्याज आम्दानी बढेको छ भने इम्पेयरमेन्ट चार्जवापत छुट्याउनुपर्ने रकम पनि केही घटेको छ । यस्तै सञ्चालन मुनाफा एक वर्ष अघिको तुलनामा बढेको छ । यहीकारण बैंकको नाफामा सुधार देखिएको छ ।
यद्दपी बैंकको निष्क्रिय कर्जा २.९७ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुगेको छ । नाफा बढेको कारण प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ चार पैसाबाट बढेर १७ रुपैयाँ २२ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात २२.९९ गुण्णा कायम भएको छ ।
वितरणयोग्य मुनाफा ३५ करोड चारलाख ९३ हजार रुपैयाँ छ । यस्तै प्रतिसेयर वितरणयोग्य मुनाफा ८ रुपैयाँ २३ पैसा कायम भएको छ ।