एभरेष्ट बैंकले कमायो तीन अर्ब ४५ करोड नाफा

२०८२ वैशाख ७ गते आइतबार ।
बैंकको खबर । एभरेष्ट बैंकले चालू आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२.५५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकम्म एभरेष्ट बैंकले २ अर्ब ६० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
२०८१ चैत मसान्तसम्म बैंकले २ खर्ब ६६ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
एक वर्षमा बैंकको खुद ब्याज आम्दानी १९.७२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच अर्ब ६३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । एक वर्षमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ६२ पैसा पुगेको छ । यसैगरी बैंकको मूल्य आम्दानी अनुपात १७.०२ गुणा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा कायम छ ।
बैंकको निष्क्रिय कर्जा ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशतमा झरेको छ ।
बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ६७ करोड ८७ लाख रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य मुनाफा ३४ रुपैयाँ नौ पैसा कायम छ ।
All banking information at your fingertips.