माछापुच्छ्रे बैंकको नाफामा सुधार, लाभांश क्षमता १५ प्रतिशत

माछापुच्छ्रे बैंकको नाफामा सुधार, लाभांश क्षमता १५ प्रतिशत

बैंक खबर । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८÷७९मा १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको ऋण लगानी घटेपनि नाफा बढेको देखिन्छ । बैंकको निक्षेप ६.३१ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब पुगेको छ भने कर्जा लगानी १.६४ प्रतिशतले घटेर १ खर्ब २६ अर्ब रुपैयाँ कायम छ । तरपनि ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा नाफामा सुधार आएको देखिन्छ । 

बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४३ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ गरेको छ । यस्तै सञ्चालन मुनाफा पनि ९.९१ प्रतिशतले बढेर २ अर्ब ६९ करोड ८३ लाख कायम छ । 
बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत विन्दुमा पगेको छ भने इम्पेरिमेन्ट चार्जेज ८२ करोड रुपैयाँ पुगेको छ । 

१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ । यस्तै वितरण योग्य मुनाफा १ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ रहेको छ । सार्थ, प्रतिशेयर वितरणयोग्य मुनाफा पनि उल्लेख्य वृद्धि भई १५ रुपैयाँ २९ पैसा देखिन्छ ।

बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५ पैसा, मुल्य आम्दानी अनुपात १२।८४ गुणा, प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १० प्रतिशत, कस्ट अफ फण्ड ८.०७ प्रतिशत र आधार दर १०.७४ प्रतिशत रहेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस