माछापुच्छ्रे बैंकले कमायो एक अर्ब १० करोड

२०८२ वैशाख ७ गते आइतबार ।
बैंकको खबर । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत धेरै हो । गत वर्ष चैतसम्म बैंकले ८५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार भएको देखिन्छ । इम्पेयरमेन्ट चार्ट ९४ करोड ४३ लाखबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँमा झरेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि केही बढेको छ । गतवर्ष तेस्रो त्रैमाससम्म ३ अर्ब ८४ करोड खुद ब्याज आम्दानी आर्जन गरेकोमा यसवर्ष सोही अवधिमा ४ अर्ब २५ करोड कमाएको छ ।
बैंकको निष्क्रिय कर्जा भने बढेको छ । गतवर्ष तेस्रो त्रैमासमा ३.६८ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले ४.५९ प्रतिशत पुगेको छ ।
यस्तै, प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.८६ गुणा छ । यस अवधिसम्म बैंकको लाभांश वितरण क्षमता ७ करोड ७ लाख रुपैयाँ मात्रै छ ।
All banking information at your fingertips.