२७ सय हाराहारी रहेको सेयरबजार अब के होला ?

२०८१ चैत २३ गते आइतबार ।
सेयर खबर । गत साता सेयरबजार ४० अंकले बढ्यो । कारोबार भएको चार दिनमध्ये तीन दिन बढेको बजार एक दिन मात्रै घट्यो । नेप्से परिसूचक दूई हजार सात सय तीन विन्दुमा कायम भएको छ । सातामा २६ अर्ब ६४ करोडको सेयर किनबेच भयो । औसत दैनिक कारोबार छ अर्ब ६६ कराड रुपैयाँ भएको छ ।
गत साताको बजारको प्रवृति हेरेर लगानीकर्ताले आगामी दिनमा बजार बढ्न सक्ने आकलन गरिरहेका छन् । त्यसलाई अहिलेको आर्थिक सूचकहरुले पनि सपोर्ट गरिरहेको देखिन्छ । अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेको, ब्याजदर न्यून विन्दुमा कायम रहेको, बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण नियामक निकायबाट नीतिगत सहजता हुनेबित्तिकै बजार माथि जानसक्ने अपेक्षा लगानीकर्ताको छ । त्यसका लागि केन्द्रीय बैंकको अब आउने गभर्नरमा भर पर्ने लगानीकर्ताको बुझाइ छ ।
खासगरी लगानीकताले सेयर धितोमा दिइने कर्जा सहज बनाउनुपर्ने माग राख्दै आएका छन् । सेयर धितो कर्जाको जाखिमभार घटाउँदा बजारमा लगानी बढ्ने र सेयरको माग बढ्न गइ मल्य वृद्धि हुने अपेक्षा लगानीकताको छ । त्यसका लागि आगामी गर्भनर को बन्छ र उसले कस्तो नीति अवलम्बन गर्छ भन्ने कुरामा भर पर्ने लगानीकर्ताको बझाइ छ । त्यसैले अहिले लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा छन् । त्यसले बजार समान्य बढ्दै गएपनि समग्रमा साइडवेज प्रवृत्तिमा देखिन्छ ।
गत साता १३ वटा समूहमध्ये १० समूह बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ११ दशमलव ४३ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै दई दशमलव ४० प्रतिशत घटेको छ । राधी विद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक १३ दशमलव ७३ प्रतिशत बढ्यो । सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० दशमलव ३४ प्रतिशत घटेको छ ।