बचत तथा ऋण सहकारी संस्थाहरुलाई नियमन गर्न राष्ट्र बैंकले जारी गर्यो मापदण्ड

२०८१ चैत २२ शुक्रबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारीहरुलाई नियमन गर्न निर्देशन तथा मापदण्ड जारी गरेको छ ।
राष्ट्र बैंकले बिहीबार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सो निर्देशन तथा मापदण्ड जारी गरेको हो ।
मापदण्डअनुसार सहकारी संस्थाले सदस्यहरुबाट मात्र बचत संकलन गर्न पाउनेछन् । यस्तै प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न पाउनेछन।
एक जिल्ला कार्यक्षेत्र भएको सहकारीले प्रति सदस्य अधिकतम १० लाख, एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भएकोले अधिकतम २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको संस्थाले प्रतिसदस्य अधिकतम ५० लाख रुपैयाँसम्म बचत संकलन गर्न सक्ने छ । यस्तै, १० लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रुपमा स्रोत खुलाउनु पर्ने व्यवस्था पनि गरिएको छ ।
मापदण्ड हेर्नुहोस्