नेपाल माइक्रो इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

२०८१ चैत २१ गते बिहीबार ।
सेयर खबर । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेले इन्स्योरेन्सको सेयरलाई 'एनएमआईसी' संकेत प्रदान गरेको छ।
कम्पनीले ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको छ । जसमध्ये सर्वसाधारणलाई बिक्री गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुको नाममा रहेको ५२ लाख ५० हजार कित्ता छ ।
सेयर सूचीकरण भएको दोस्रो कारोबार दिनबाट दोस्रो बजारमा कारोबार सुरु हुने व्यवस्था छ । सोहीअनुसार अब नेपाल माइक्रो इन्स्योरेन्सको सेयर आगामी आइतबार (२०८१ चैत २४ गते)बाट कारोबार गर्न सकिनेछ ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही आधारमा प्रि ओपन सेसनमा कारोबार भएपछि बजारमा नियमित कारोबार हुनेछ ।