बीमा प्राधिकरणका अध्यक्ष ओझा विरूद्धको रिटमा कारण देखाउ आदेश

बीमा प्राधिकरणका अध्यक्ष ओझा विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ, चैत २० । 

बीमा खबर । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ ।न्यायाधीश डा नहकुल सुवेदीको एकल इजलासले अध्यक्ष ओझाको योग्यतामाथि प्रश्न उठाइएको विवादमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको हो ।

अधिवक्ता इन्दिरा धमलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाइ ओझाको नियुक्ति बदर गर्न माग गर्दै चैत १७ गते रिट दायर गरेका थिए । 

मन्त्रिपरिषद्को गत फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।


शेयर गर्नुहोस