बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

२०८१ चैत २० गते बुधबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अधिक तरलताको स्थितिमा सुधार आउन नसकेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत सो रकम तानेर तरलता व्यवस्थापन गर्न लागेको हो ।
राष्ट्र बैंकले सो रकम २१ दिनको लागि तान्न लागेको हो । रकम राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले आज (चैत २० गते) मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल पेस गर्न सक्नेछन् । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
यस निक्षेपको साँवा ब्याज भुक्तानी २०८२ वैशाख १० गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् ।
All banking information at your fingertips.