सेयरबजारमा १६.९५ अंकको गिरावट

सेयरबजारमा १६.९५ अंकको गिरावट

२०८१ चैत १९ गते मंगलबार । 

बैंकको खबर । सेयरबजार आज घटेको छ । कारोबार मापक नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा झरेको छ । ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका २४३ कम्पनीमध्ये २०१ वटाको सेयरमूल्य घट्दा बजार रातो बनेको हो । आज ४२ कम्पनीका सेयरधनीले भने कमाएका छन् । 

सूचीकृत १३ समूहमध्ये व्यापार समूह ३.८० प्रतिशत बढेको छ । बाँकी सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह १.८४ प्रतिशत घटेको छ  । त्यसपछि होटल तथा पर्यटन समूह १.७४ प्रतिशत, अन्य समूह १.३९ प्रतिशत र लघुवित्त समूह १.१० प्रतिशत घटेको छ । बैंकिङ ०.७४ प्रतिशत, विकास बैंक ०.९५, जलविद्यत ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन तथा प्रशोधन ०.५२, निर्जीवन बीमा ०.३८ र म्युचुअल फण्ड समूह ०.०२ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफको सञ्चाकल समितिले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेपछि यो कम्पनीको सेयर किन्नेहरु बढ्दा मूल्यमा उच्च वृद्धि भएको देखिन्छ । 

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने सबैभन्दा धेरै ५.५६ प्रतिशत घटेको छ । 

हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै ६४ करोड २५ लाख ६६ हजार रुपैयाँ बाराबरको भएको छ । 

लगानीकर्ताको सम्पत्ति आजमात्रै २८ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ४३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि १२ अर्ब रुपैयाँ घटेर १४ खर्ब ७६ अर्ब रुपैयाँ कायम भएको छ । 


शेयर गर्नुहोस