डिजिटल वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने तीन तहको सुरक्षा

बैंकको खबर । आधुनिक प्रविधिले हामीलाई सहज रुपमा वित्तीय सेवा प्रदान गरेको छ भने यसको दुरुपयोगको जोखिम पनि उत्तिकै बढेको छ । त्यसैले, उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्न आवश्यक छ । यसको लागि नेपाल राष्ट्र बैंकले तीन तहको सुरक्षा अपनाउनुपर्ने सुझाव दिएको छ ।
पहिलो,
तपाईंलाई मात्र थाहा हुने
यो यस्तो तहले तपाईंलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ, जसमा तपाईंको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रुपमा तपाईंको ज्ञान र सम्झनामा भर पर्छ ।
दोस्रो
तपाईंसँग मात्र हुने
यो तहमा त्यस्ता वस्तु पर्दछन, जसको पहुँच केवल तपाईंसँग छ । जस्तै ः तपाईंको मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले तपाईंको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र तपाईंको वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।
तेस्रो
तपाईंको आफ्नै
यसमा तपाईंको व्यक्तिगत बायोमेट्रिक विवरणहरु जस्तै औँठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् ।
नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा माथि उल्लिखित प्रमाणीकरणका विधीहरु प्रयोग गर्न र यस्ता विवरण आफूसँग गोप्य राख्न पनि सुझाव दिएको छ ।
All banking information at your fingertips.