बैंकहरुको निक्षेप एक दिनमै १४ अर्ब रुपैयाँ बढ्यो

बैंकहरुको निक्षेप एक दिनमै १४ अर्ब रुपैयाँ बढ्यो

२०८१ चैत १९ गते मंगलबार ।

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाको निक्षेप एक दिनमै १४ अर्ब रुपैयाँ बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चैत १५ गते निक्षेप संकलन १४ अर्ब रुपैयाँ बढेर ६७ खर्ब ८९ अर्ब पुगेको छ । चैत १४ गतेसम्मको निक्षेप संकलन ६७ खर्ब ७५ अर्ब रुपैयाँ थियो । 

सो दिन कर्जा प्रवाह भने जम्मा एक अर्ब रुपैयाँ बढेको छ । चैत १४ गतेसम्म ५४ खर्ब ६४ अर्ब कर्जा प्रवाह भएकोमा चैत १५ गते एक अर्ब रुपैयाँ बढेर ५४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । 

आर्थिक गतिविधि सुस्त भएका कारण निक्षेप राखेर ब्याज खानेहरु बढ्दै गएका छन भने कर्जाको माग न्यून देखिन्छ । बैंकहरुका अनुसार केही महिनायता कर्जाको माग केही बढेको त छ तर निक्षेप राख्न आउनेको तुलनामा निकै कम छ । यस्तो अवस्था आउनुको मुख्य कारण आर्थिक गतिविधि सुस्त हुनु नै हो । 

अहिले बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.२९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । यस आधारमा अहिले बैंक तथा वित्तीय संस्थासँग थप ६ खर्ब ४५ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । 


शेयर गर्नुहोस