नेप्सेको सीईओमा चापागाईं नियुक्त

नेप्सेको सीईओमा चापागाईं नियुक्त

२०८१ चैत १९ गते मंगलबार । 

बैंकको खबर । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओ नियुक्त गरेको हो । 

चापागाईंले सानिमा  रिलायन्स लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रुपमा काम गर्दै आएका थिए । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको अनुभव पनि छ ।

मन्त्रिपरिषद्ले यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको कुरा बाहिरिएको थियो । तर सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । अहिले फेरि मन्त्रिपरिषद्ले पुरानो निर्णय उल्ट्याउँदै चापागाईंलाई सीईओ नियुक्त गरेको हो । 

चापागाईंले अर्थमन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेबाट नियुक्ति पत्र समेत लिइसकेका छन् । 

गत माघ २५ गतेदेखि नेप्सेको सीईओ पद रिक्त छ । 


शेयर गर्नुहोस