सेयरबजार यस साता के होला ?
.png)
२०८१ चैत १७ गते आइतबार ।
सेयर खबर । गतसाता सेयरबजार समान्य घटेर बन्द भयो । कारोबार मापक नेप्से परिसूचक ६.०१ अंक घटेर २६६३.३० विन्दुमा झरेको छ ।
पाँच कारोबार दिनमा तीन दिन नेप्से बढेको थियो भने दुई दिन घटेको थियो । आइतबार ५४.६२ अंकले घटेको नेप्से सोमबार २६.१० अंकले बढेको थियो । मंगलबार पनि ५८.०५ अंंकको गिरावट भयो । त्यसपछि बुधबार २९.१३ अंक र बिहीबार ४१.४३ अंकले बढेको थियो ।
गतसाता कारोबार रकमको भोल्यूम कमजोर देखियो । सातामा जम्मा २५ अर्ब ५४ करोड रुपैयाँको सेयर किनबेच भयो । दैनिक औसत ५ अर्ब ८ करोड रुपैयाँको कारोबार भयो ।
बजार गतसाता अन्तिम दुई कारोबार दिन बढेर बन्द भएकाले यस साता बजारले सकारात्मक प्रवृति देखाउने अपेक्षा लगानीकर्ताको छ ।
बजारका विश्लेषकहरुले यसै साता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुन सक्ने र लगानीकर्ताले सेयरमा लगानी बढाउन अब आउने गभर्नरलाई पर्खिन सक्ने भएकाले यस साता बजार समान्य रहने विश्लेषण गरेका छन् ।
All banking information at your fingertips.