एक दिनमा चार अर्ब बढ्यो बैंकिङ निक्षेप

२०८१ चैत १७ गते आइतबार ।
बैंकको खबर । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत १२ गते एक दिनमा चार अर्ब रुपैयाँ निक्षेप बढेको छ । चैत ११ गते ६७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप थियो ।
सो दिनसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा रकम ५४ खर्ब ५८ अर्ब रुपैयाँ छ ।
कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.५३ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् । यस आधारमा अहिले बैंकिङ प्रणालीमा ६ खर्ब २१ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ ।
All banking information at your fingertips.