नेपाल बैंकमा रोजगारीको अवसर, माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल बैंकमा रोजगारीको अवसर, माग्यो ठूलो संख्यामा कर्मचारी

२०८१ चैत १५ गते शुक्रबार । 

बैंकको खबर । नेपाल बैंकले कर्मचारी माग गरेको छ । बैंकले (चैत १५ गते शुक्रबार) स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

बैंकले कनिष्ठ सहायक तेस्रोदेखि आठौं तहसम्मको पदका लागि कर्मचारी मागेको हो । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरि कर्मचारी माग गरिएको बैंकले जनाएको छ । 

बैंकमा आफ्नो करियर बनाउन इच्छुक योग्यता पुगेका नेपाली नागरिकले २०८२ वैशाख ४ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधिपछि पनि दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस