गभर्नर छनोटका लागि समिति गठन

गभर्नर छनोटका लागि समिति गठन

बैंकको खबर । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो ।

समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहने निर्णय गरेको छ । यसअघिकै मन्त्रिपरिषद् बैठकबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा भट्टराई र पौडेल सदस्य रहने छलफल
भएको थियो । तर सोमबारको मन्त्रिपरिषद् बैठकले गभर्नर छनोट गर्न समिति गठन गरेको हो । 

All banking information at your fingertips.


शेयर गर्नुहोस