स्वाभिमान लघुवित्तको लाभांश घोषणा

२०८१ चैत ८ गते शुक्रबार ।
बैंकको खबर । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित सो लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ।
All banking information at your fingertips.