डिजिटल वित्तीय कारोबार गर्दा सतर्कता अपनाउन गभर्नर अधिकारीको आग्रह

डिजिटल वित्तीय कारोबार गर्दा सतर्कता अपनाउन गभर्नर अधिकारीको आग्रह

२०८१ चैत ४ गते सोमबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय कारोबारको विस्तारसँगै चुनौती थपिएको बताउँदै डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आह्वान गरेका छन् । सोमबार काठमाडौंमा ‘ग्लोबल मनी विक – २०२५’को शुभारम्भ गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोगमा ध्यान दिन आग्रह गरेका हुन् । 

गभर्नर अधिकारीले आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवाहरू छनोट गर्न पनि सुझाव दिएका छन् । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन् । बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन् । आपूmलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ ।’

आजदेखि चैत १० गतेसम्म सञ्चालन हुने ‘ग्लोबल मनी विक – २०२५’ अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडबाट अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन् ।

साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

All banking information at your fingertips.


शेयर गर्नुहोस