आठ महिनामा वाणिज्य बैंकहरुको कर्जा ६.१२ प्रतिशत बढ्यो

२०८१ चैत ४ गते सोमबार ।
बैंकको खबर । चालू आर्थिक वर्षको आठ महिना (साउन देखि फागुन मसान्त)सम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह ६.१२ प्रतिशत बढेको छ । नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार आठ महिनामा बैंकहरुको कर्जा प्रवाह दुई खर्ब ८० अर्ब रुपैयाँ बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम ४५ खर्ब ७१ अर्ब रुपैयाँ थियो ।
यस अवधिमा निक्षेप संकलन चार दशमलव ९० प्रतिशत अर्थात दुई खर्ब ८२ अर्ब बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा बैंकहरुको निक्षेप संकलन ५७ खर्ब ५५ अर्ब रुपैयाँ थियो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२९ प्रतिशत कायम छ ।
All banking information at your fingertips.