पेट्रोलियम इन्धनको मूल्य घट्यो 

पेट्रोलियम इन्धनको मूल्य घट्यो 

काठमाडौं, चैत २ । नेपाल आयल निगमले पेट्रोलियम इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आगामी १५ दिनका लागि आइतबार बिहानदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा एक सय ६२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक सय ६३ रुपैयाँ तोकेको छ ।

 

डिजेल/मट्टीतेलको मुल्य चारआली, विराटनगर, जनकपुर, अमलखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर एक सय ४८ रुपयाँ ५० पैसा, सुर्खेत, र दाङमा एक सय ५० रुपयाँ र काठमाडौ , पोखरा र दिपायल क्षत्रमा एक सय ५१ रुपयाँ तोकेको छ । 


शेयर गर्नुहोस