सात महिनामा भित्रियो ९ खर्ब ५८ करोड रेमिट्यान्स

सात महिनामा भित्रियो ९ खर्ब ५८ करोड रेमिट्यान्स

बैंकको खबर । वैदेशिक रोजगारीबाट प्राप्त हुने आय (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्तसम्म)मा नौ खर्ब ५८ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ ।

जुन गत वर्ष सोही अवधिको तुलनामा सात दशमलव तीन प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक वर्षअघिको तुलनामा पाँच दशमलव तीन प्रतिशतले बढेर छ अर्ब ६५ करोड पुगेको छ । गत वर्ष माघ मसान्तसम्म छ अर्ब ३१ करोड अमेरिकी डलरबराबर रेमिट्यान्स भित्रिएको थियो । 

All banking information at your fingertips.


शेयर गर्नुहोस