युनाईटेड इदी मर्दीले डाक्यो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव पारित गर्ने

२०८१ फागुन १५ गते बिहीबार ।
कर्पोरेट खबर । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चैत ११ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश र हकप्रद बिक्रीको प्रस्ताव पारित गर्न पोखराको आभ्या क्लबमा १५औँ वार्षिका साधारणसभा डाकेको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२११ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । यस्तै बोनस सेयर जारी भएपछि कायम चुक्तापुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद सेयर निष्काशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुकक्लोज गर्ने भएको छ। फागुन २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।