साल्ट ट्रेडिङ्ग कर्पोरेशनले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने

२०८१ फागुन १५ गते बिहीबार । 

कर्पोरेट । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा डाकेको छ ।

कम्पनीले चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५८ औँ वार्षिक साधारणसभा बोलाएको हो। साधारणसभा बिहान ११ बजे शुरु हुनेछ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । यस्तै, ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। त्यसैले फागुन २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन र पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् । 


शेयर गर्नुहोस