नेपाल बैंकको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त
२०८१ फागुन १३ गते मंगलबार ।
बैंकको खबर । नेपाल बैंकको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त भएका छन् । फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले पंज्ञानीलाई बैंकको अध्यक्ष चयन गरेको हो ।
यसअघिका अध्यक्ष चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएका थिए । त्यस पछि खाली रहेको अध्यक्ष पदमा सञ्चालक समितिले पंज्ञानीलाई नियुक्त गरेको हो ।
पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गएको भदौमा नेपाल बैंकको सञ्चालक बनेका थिए । उनी अर्थ मन्त्रालयमा प्रशासन विभागमा सहसचिव छन् ।
पंज्ञानीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते नै अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।
All banking information at your fingertips.