विश्व बैंकबाट १५ करोड डलर ऋण लिँदै सरकार

विश्व बैंकबाट १५ करोड डलर ऋण लिँदै सरकार

२०८१ फागुन १३ गते मंगलबार । 

अर्थतन्त्र । सरकारले विश्व बैंकबाट १५० मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । फागुन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले विश्व बैंकबाट १५० मिलियन अर्थात १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको हो ।

यो ऋण स्वीकृत गर्नका लागि वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिमरुप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न स्वीकृति दिने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको हो । 

All banking information at your fingertips.


शेयर गर्नुहोस