फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक

२०८१ फागुन ११ गते आइतबार ।
बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरको १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्काशन गर्न लागेको हो।
बैंकले एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।
कुल निष्काशन गर्न लागेको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । यस्तै ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बिक्री वितरण गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।
ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्रको बिक्री निष्काशन बन्द छिटोमा फागुन २१ गते हुनेछ । सो अवधिमा माग भएजति बिक्री नभएमा निष्काशन अवधि चैत ३ गते सम्म लम्बिनेछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
All banking information at your fingertips.