राष्ट्रिय वाणिज्य बैंकले पोखरामा बनायो प्रादेशिक कार्यालयको भवन

राष्ट्रिय वाणिज्य बैंकले पोखरामा बनायो प्रादेशिक कार्यालयको भवन

२०८१ फागुन ४ गते आइतबार । 
 

बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय र शाखा कार्यालयको आफ्नै भवन निर्माण गरेको छ । सो भवनको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार उद्घाटन गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले यस बैंकबाट सबै सेवाग्राहीहरुलाई विश्वासनीय र सहज ढङ्गले सेवा प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । उनले सरकारको स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुश गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई निर्देशन दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले आधार दरमा थोरै मात्र प्रिमियम जोडेर एकल अंकमा ब्याजदर कायम गरेको बताए । सस्तो ब्याजदरको फाइदा उठाउँदै व्यवसायीहरुलाई कर्जा लिएर देशको आर्थिक विकासमा योगदान गर्न आव्हान गरे । 

बैंकले ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड, पस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस