बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

२०८१ फागुन ४ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालबाट आज फेरि ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले २१ दिनका लागि सो पैसा प्रणालीबाट तान्न लागेको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी फागुन २५ गते निर्धारण भएको छ । 

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

All banking information at your fingertips.


शेयर गर्नुहोस