सुनको मूल्य तोलामा २७ सय रुपैयाँ घट्यो

२०८१ फागुन ४ गते आइतबार ।
अर्थतन्त्र । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ ।
शुक्रबार छापावाल सु्न तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।
All banking information at your fingertips.