हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

२०८१ माघ ३० गते बुधबार ।

बीमा खबर । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

इन्स्योरेन्सको माघ २९ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत अर्थात २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

सञ्चालक समितिको लाभांश वितरण गर्ने सो प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस