नेप्सेमा सामान्य सुधार

२०८१ माघ २९ गते मंगलबार ।
बैंकको खबर । लगातार पाँच कारोबार दिन घटेको सेयरबजार आज सामान्य बढेर बन्द भएको छ । कारोबार मापक नेप्से परिसस्चक ६.५४ अंकले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको छ ।
सात अर्ब २४ करोड ६२ लाख रुपैयाँ बराबरको एक करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता सेयर किनबेच भएको छ ।
विकास बैङ्क समूह २.३७, जलविद्युत् १.५७, लगानी ०.४८, उत्पादन तथा प्रशोधन ०.०१ र म्युचुअल फन्ड ०.५२ प्रतिशतले बढेको छ भने अरू सबै समूह घटेका छन् ।
बैङ्किङ ०.२०, वित्त ०.२९, होटल तथा पर्यटन ०.४७, जीवन बीमा ०.०८, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.४३, व्यापार १.०५ र अन्य समूह ०.०१ प्रतिशत घटेको छ ।
सिक्लेस हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।