ओपनएआई किन्ने मस्कको प्रस्ताव अल्टम्यानद्वारा अस्वीकार, एक्स बेच्न सुझाव

२०८१ माघ २९ गते मंगलबार ।
अन्तर्राष्ट्रिय खबर । टेस्लाका मालिक एलोन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईलाई ९७ अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन्। यो प्रस्ताव मस्कको लगानी कम्पनी मार्फत गरिएको हो।
मस्कका वकिल मार्क टोबेरोफले मस्क र उनको आफ्नै एआई स्टार्टअप एक्सएआई र लगानी फर्महरूले ओपनएआई किन्न चाहन्छन् भनेका छन्। उनले भने ‘हामी यसलाई गैर नाफामुखी अनुसन्धान प्रयोगशालामा परिणत गरेर एक परोपकारी अभियान बनाउन चाहन्छौं।
ओपनएआईका सीईओ साम अल्टम्यानले एक्समा पोस्ट गर्दै मस्कको प्रस्ताव अस्वीकार गरेका छन् । उनले पोस्टमा भनेका छन्, ‘धन्यवाद छैन, तर यदि तपाईं (मस्क) चाहनुहुन्छ भने, हामी ट्विटर (अहिले एक्स) लाई ९.७४ बिलियन डलरमा किन्छौं।
ओपनएआई आधिकारिक रूपमा डिसेम्बर ११, २०१५ मा सुरु भएको थियो। त्यसपछि यो प्राविधिक विज्ञहरू र एआई अनुसन्धानकर्ताहरू जस्तै एलोन मस्क, साम अल्टम्यान, ग्रेग ब्रोकम्यान, इल्या सुत्स्केभर, वोज्सिएच जारेबा, जोन शुलम्यान द्वारा सुरु गरिएको थियो।
सन् २०२४ मा कम्पनीको लागि ५७,१६७ करोड रुपैयाँ जुटाइएको थियो, जसपछि कम्पनीको मूल्याङ्कन १३.६० लाख करोड रुपैयाँ पुगेको थियो। ओपनएआईको उद्देश्य केवल नाफा कमाउनु मात्र होइन।
ओपनएआई अब ‘क्याप्ड - प्रोफिट’ मोडेलमा पनि सञ्चालन हुन्छ। यसको अर्थ लगानीकर्ताहरूले सीमित नाफा मात्र कमाउन सक्छन्।