क्रेस्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८१ माघ २९ गते मंगलबार ।
बीमा खबर । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आज (माघ २९ गते)सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।