शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८१ माघ २९ गते मंगलबार । 

बीमा खबर । आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ ३० गते अर्थात भोलीदेखि फागुन १३ गतेसम्म बुकक्लोज गर्दैछ। यहीकारण आज माघ २९ गते मंगलबारसम्म दोस्रो बजारमा कारोबार भई कायम सेयरधनीहरु इन्स्योरेन्सको साधारणसभामा सहभागि हुन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा बिहान ११ बजे शुरु हुनेछ।

सञ्चालक समितिले साधारणसभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित लैजाने निर्णय गरिसकेको  छ । सो प्रस्ताव साधारणसभाले पारित गरेमा सेयरधनीले पाउनेछन् । 

All banking infomration at your fingertips.


शेयर गर्नुहोस