अमेरिकी डलरको भाउ फेरि बढ्यो

२०८१ माघ २९ गते मंगलबार ।
बैंकको खबर । नेपाली बजारमा आज पनि अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलरसँगै युरोपियन युरो, बेलायती पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कको मूल्य पनि बढेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा तोकेको छ ।
यस्तै आज युरोपियन युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ९५ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रूपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ २० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ २३ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १२ पैसा र बिक्रीदर १९ रूपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।
All banking information at your fingertips.