भारतीय केन्द्रीय बैंकले घटायो ब्याजदर

२०८१ माघ २५ गते शुक्रबार ।
अन्तर्राष्ट्रिय । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ब्याजदर ६.५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशतमा झारेको छ । आरबीआई गभर्नर संजय मल्होत्राले भारतीय समयअनुसार आज बिहान १० बजे मौद्रिक नीति समिति (एमपीसी) मा गरिएका निर्णयहरूबारे जानकारी दिँदै रिपो दर घटाइएको बताएका हुन् ।
आरबीआईले यसअघि पाँच वर्ष अघि सन् २०२० मेमा अन्तिम पटक रिपो दर ०.४० प्रतिशतले घटाएर ४ प्रतिशतमा झारेको थियो । त्यसपछि दुई वर्षसम्म स्थिर रहेको रिपो दर सन् २०२२ मे महिना देखि बढाउन थालेको थियो । जुन सन् २०२३ मे महिना पछि भने रोकियो । सो एक वर्षको अवधिमा रिजर्भ बैंकले रिपो दर २.५० प्रतिशत विन्दु बढाएर ६.५ प्रतिशतमा पुर्याएको थियो ।
All banking information at your fingertips.