महुली लघुवित्तको नाफामा उच्च गिरावट

२०८१ माघ २५ गते शुक्रबार ।
बैंकको खबर । महुली लघुवित्त वित्तीय संस्थाको नाफामा उच्च गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा एक वर्ष अघिको तुलनामा ६५.६९ प्रतिशतले घटेर ८९ लाख ५९ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको दोस्रो त्र्रमासमा लघुवित्तले २ करोड ६१ लख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्ज बढ्दा नाफा प्रभावित भएको देखिन्छ । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी भने ३४.७७ प्रतिशतले बढेर १६ करोड ४८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । तर इम्पेरिमेन्छ चार्ज वापत लघुवित्तले ५ करोड ८२ लाख ५९ हजार रुपैयाँ छुट्याउनु परेको छ । एक वर्षअघि लघुवित्तको इम्पेरिमेन्ट चार्ज १ करोड १८ लाख ५६ हजार रुपैयाँ थियो ।
लघुवित्तको खराब कर्जा ०.२५ प्रतिशत बिन्दुले बढेर ४.८९ प्रतिशत पुगेको छ । ३२ करोड २३ लाख ७८ रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३१ पैसा छ ।
All banking information at your fingertips.