छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स

२०८१ माघ २०गते आइतबार ।

बैंकको खबर । चालु आर्थिक वर्षको छ महिनामा सात खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । 

राष्ट्र बैंकका अनुसार पुस महिनामा मात्रै १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । जुन मंसिर महिनाको तुलनामा ५ अर्बले धेरै हो । गत मंसिरमा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको थियो । 

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस