ट्रम्पले लिए अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा शपथ

ट्रम्पले लिए अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा शपथ

अन्तर्राष्ट्रिय । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण  गरेका छन् । नेपाली समयअनुसार सोमबार साँझ साढे १० बजे राष्ट्रवपतको रुवमा शवत पदएका हुन् । शपथ ग्रहण गरेपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना सुनाए । उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

साथै ट्रम्पले अमेरिकी नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे। ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ’, ट्रम्पले भने ।


शेयर गर्नुहोस