राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा करिब १५ प्रतिशत बढ्यो

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा करिब १५ प्रतिशत बढ्यो

२०८१ माघ ७ गते सोमबार । 

बैंकको खबर । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७८ प्रतिशत धेरै हो । गत वर्षको छ महिनामा विकास बैंकहरुले २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सोमबार बैंक हरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ६ महिनामा ८ विकास बैंकहरुमध्ये ६ वटाको नाफा बढेको छ भने २ वटाको घटेको छ ।

गरिमा विकास बैंकले सबैभन्दा धेरै  ५४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ७.१६ प्रतिशत बढी हो । गरिमा पछि मुक्तिनाथ विकास बैंकले धेरै नाफा कमाएको छ । मुक्तिनाथले ६ महिनामा ५० करोड ३१ लाख कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७९ प्रतिशतले बढेको हो । 

यस आर्थिक वर्षको छ महिनामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३३ करोड रुपैयाँ, कामना सेवा विकास बैंकले ३२ करोड रुपैयाँ, महालक्ष्मी विकास बैंकले २८ करोड रुपैयाँ, ज्योति विकास बैंकले २५ करोड रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १९ करोड रुपैयाँ र लुम्बिनी विकास बैंकले १४ करोड रुपैयाँ नाफा कमाएका छन् । 

लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा यसपटक घटेको छ । लुम्बिनी विकास बैंकको नाफा एक वर्षअघिको तुलनामा ३०.४६ प्रतिशत घटेको छ भने शाइन रेसुङ्गाको १०.८७ प्रतिशत घटेको छ ।

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा
     विकास बैंक    २०८१ पुस मसान्त (रु हजारमा)    २०८० पुस मसान्त (रु हजारमा)    नाफा फरक (प्रतिशत)
     गरिमा विकास बैंक    ५४९२६६    ५१२५८२    ७.१६
     मुक्तिनाथ विकास बैंक    ५०३१२२    ४२००१७    १९.७९
     साइन रेसुङ्गा डेभलपमेन्ट बैंक    ३३०८५६    ३७१२०७    –१०.८७
     कामना सेवा विकास बैंक    ३२२४९३    २५८९१९    २४.५५
     महालक्ष्मी विकास बैंक    २८७४९९    २७८०३६    ३.४
     ज्योति विकास बैंक    २५०२३२    १०१०३४    १४७.५७
     सांग्रिला डेभलपमेन्ट बैंक    १९६५६१    १००२३३    ८६.१
     लुम्बिनी विकास बैंक    १४७६१८    २१२२६९    –३०.४८
     कुल नाफा    २५८७५४७    २२५४२९७    १४.७८

 


शेयर गर्नुहोस