आरएसडीसी लघुवित्तको नाफा घट्यो

२०८१ माघ ६ गते आइतबार ।
बैंकको खबर । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा घटेको छ।
२०८१ पुस मसान्तसम्म लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो। गत आर्थिक वर्ष पुस मसान्तमा लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।
गत पुस मसान्तसम्म लघुवित्तले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
लघुवित्तको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। जसका कारण लघुवित्तले इम्पेरमेन्ट चार्जमा ४१ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ छुट्याएको छ।
दोस्रो त्रैमाससम्म लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ छ ।
नाफा घटेपछि लघुवित्तको प्रतिसेयर आम्दानी प्रभावित भएको छ। गतवर्षको पुसमा भन्दा यसवर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ३६ पैसामा झरेको छ। यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा छ। ९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।
All banking information at your fingertips.