पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए ३० अर्ब ५९ करोड रुपैयाँ नाफा

पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए ३० अर्ब ५९ करोड रुपैयाँ नाफा

२०८१ पुस २९ गते सोमबार । 

बैंकको खबर । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो ५ महिना (साउन देखि मंसिर)मा ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा १९ वटा वाणिज्य बैंकहरुको हो । कृषि विकास बैंकको नाफा सार्वजनिक भएको छैन । 

समग्रमा एक वर्ष अघिको तुलनामा बैंकहरुको नाफा ७.८४ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए । 

विवरण सार्वजनिक भएकामध्ये १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ । नेपाल एसबिआई बैंकको नाफा सबैभन्दा धेरै ९०.४८ प्रतिशत बढेको छ भने नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ । 

नबिल बैंकले मंसिरसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गतवर्ष पाँच महिनामा २ अर्ब ९६ करोड रुपैयाँ कमाएको थियो । 

नबिल पछि धेरै नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमईले २ अर्ब ८३ करोड रुपैयाँ कमाएको छ । यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४९ करोड रुपैयाँ कमाएको छ । यस्तै, कुमारीले १ अर्ब ९९ करोड, प्राइम कमर्सियलले १ अर्ब ९६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनएमबिले १ अर्ब ९० करोड र प्रभुले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । 

सबैभन्दा कम एनआइसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ कमाएको छ । सिटिजन्स बैंक इन्टरनेशनल पनि कम नाफा कमाउने बैंकहरुमध्ये दोस्रो स्थानमा छ । सिटिजन्सले ६९ करोड ४९ लाख रुपैयाँ कमाएको छ । माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन् । 

एक अर्ब रुपैयाँ भन्दा कम नाफा कमाउने बैंकहरुमा सिद्धार्थ बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक छन् । 

हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा र एनआईसी एशिया बैंकको नाफामा गिरावट आएको छ । 

                                                                 वाणिज्य बैंकहरुको नाफा (रु १० लाखमा)  
  बैंक २०८१ मंसिर २०८० मंसिर नाफा फरक (प्रतिशत) 
       
  नबिल बैंक ३,४९७.४१ २,९६९.३५ १७.७८
  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २,४९१.०७ २,६०९.०५ –४.५२
  ग्लोबल आइएमई बैंक २,८३४.४४ २,७३७.९२ १७.७८
  कुमारी बैंक १,९९३.२२ १,३०१.५१ ५३.१५
  प्राइम कमर्सियल बैंक १,९६८.९३ १,९२८.९४ २.०७
  एभरेष्ट बैंक १,९४०.२६ १,४०३.२२ ३८.२७
  एनएमबि बैंक १,९०६.४४ १,४५१.३४ ३१.३६
  प्रभु बैंक १,८३८.४२ १,४९४.५५ २३.०१
  लक्ष्मी सनराइज बैंक १,६४०.७० ८९८.०४ ८२.७
  नेपाल बैंक १,५१५.७८ १,२१३.११ २४.९५
  स्टाण्डर्ड चार्टर्ड बैंक १,३७४.५४ १,२५६.०२ ९.४४
  नेपाल एसबिआई बैंक १,३४८.७२ ७०८.०६ ९०.४८
  हिमायलन बैंक १,३३७.११ १,८०४.१२ –२५.९२
  सिद्धार्थ बैंक ९७९.०४ ६२३.८१ ५६.९५
  सानिमा बैंक ९०४.१२ १,०७६.३८ –१६.००
  राष्ट्रिय वाणिज्य बैंक ८६७.१९ १,४१०.१९ –३८.५१
  माछापुच्छ्रे बैंक ८२७.४४ ७६२.७ ८.४९
  सिटिजन बैंक इन्टरनेशनल ६९४.९४ ७४३.५९ –६.५४
  एनआईसी एशिया बैंक ६३३.४ १,८५०.११ –६५.७६
  कृषि विकास बैंक    
  कुल नाफा ३०,५९३.१७ २८,२४२.८१ ८.३२

 

All banking information at your fingertips.


शेयर गर्नुहोस