नागरिक लगानी कोषको सेयरमूल्य समायोजन

२०८१ पुस २२ गते सोमबार ।
बैंकको खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन भएको छ। कोसले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । अब समायोजन भएको नयाँ मूल्यमा सेयर कारोबार हुनेछ ।
नेप्सेले कोषको ७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि कोषको सेयरमूल्य १ हजार नौ सय ७१ रुपैयाँ ९६ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कोषको सेयरमूल्य समायोजन गरेको हो। आइतबार, दोस्रो बजारमा कोषको सेयर प्रतिकित्ता २ हजार एक सय १० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा सेयर कारोबार खुल्नेछ ।
कोषले पुस २९ गते, सोमबार आफ्नै केन्द्रिय कार्यालयमा वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ।
All banking information at your fingertips.