सेयरबजारमा नेप्सेसँगै कारोबार रकम पनि घट्यो

सेयरबजारमा नेप्सेसँगै कारोबार रकम पनि घट्यो

२०८१ पुस २८ गते आइतबार । 

सेयर खबर । सेयरबजारमा आज कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा झरेको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये १९४ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटेपनि ४३ वटा कम्पनीका सेयरधनीले कमाएका छन भने ६ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

कारोबार रकममा भने पुस मसान्तको प्रभाव परेको छ । तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार छ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयरकारोबार सकारात्क सर्किट लेभलमा भएको छ । न्यादी हाइड्रो पावरको सेयर कारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । 

सबैभन्दा धेरै सेयर कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २० करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको भएको छ । 


शेयर गर्नुहोस