अमेरिकी डलरको भाउ सर्वाधिक उचाइमै
२०८१ पुस २८ गते आइतबार ।
बैंकको खबर । नेपाली बजारमा अमेरिकी डलरको भाउ सर्वाधिक उच्च मूल्यमा कायम रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा तोकेको छ । यो मूल्य गत शुक्रबारको तुलनामा धेरै हो । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा थियो ।
युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ८२ पैसा छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा छ ।
जापानी येन १० को खरिदर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा तोकिएको छ ।
All banking information at your fingertips.