महिला लघुवित्तले लाभांश वितरण नगर्ने
२०८१ पुस २६ गते शुक्रबार ।
बैंकको खबर । महिला लघुवित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
लघुवित्त सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१को नाफालाई सञ्चित गरी राख्ने र सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै गत आर्थिक वर्षको वित्तीय विवरण साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेस गर्ने निर्णय पनि गरेको छ ।
All banking information at your fingertips.